शुक्रबार ०९ माघ, २०८२

प्युठानका १३ पुरुषबीच एक्ली महिला उम्मेदवार सीता विक सम्झना

प्युठानका १३ पुरुषबीच एक्ली महिला उम्मेदवार सीता विक सम्झना

प्युठान । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानमा १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । विभिन्न १२ दल र दुई स्वतन्त्र गरी चुनावी मैदानमा उत्रिएका १४ उम्मेदवारमध्ये १३ जना पुरुष छन् ।

१३ पुरुषलाई चुनौती दिँदै एक महिला उभिएकी छन् । ती हुन्, सीता विक सम्झना ।

स्वर्गद्वारी नगरपालिका– ९, गोठीबाङकी सम्झना नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेकी हुन् ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य सम्झना नेकपा माओवादीको नेतृत्वमा गरेको दश वर्षे सश्स्त्र युद्धको क्रममा जनमुक्ति सेनाकी बटालियन कमाण्डर थिइन् । दोस्रो रुकुम खारा आक्रमणका क्रममा आफ्नै आँखाअगाडि उनले जीवनसाथी गुमाएकी थिइन् ।

२०६३ सालको अन्तरिम विधायिका रहेकी सम्झना यसपटक यसपटक संसद् पुग्ने प्रयासमा छिन् ।

द्वन्द्व, त्याग र राजनीतिक यात्राको लामो अनुभव रहेकाले आफूले संसदमा महिला, दलित र पछाडि पारिएका समुदायको आवाज उठाउने उनको भनाइ छ ।