शनिबार ०९ फागुन, २०८२

प्रलोपाका नेता सन्तोष परियारले गरे विवाह

प्रलोपाका नेता सन्तोष परियारले गरे विवाह

कास्की । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह गरेका छन् । उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका–१७ की सर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् ।

परियारले शर्मीलासँगको प्रेमलाई विवाहमा परिणत गरेको जानकारी दिए ।

मित्रकोटी पोखरामा व्यवसाय गर्छिन् । उनी पहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेको तर अहिले व्यवसायमै मात्र सक्रिय रहेको विवाहमा सरिक भएका अशोक खड्काले जानकारी दिए ।