शनिबार ०९ फागुन, २०८२

चुनावी अभियानका क्रममा नेपालगञ्ज पुगे बालेन

चुनावी अभियानका क्रममा नेपालगञ्ज पुगे बालेन

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा सोमबार (आज) नेपालगञ्ज पुगेका छन् ।

झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन पूर्वी पहाडका जिल्लाहरू घुमेर शनिबार काठमाडौं फर्किएका थिए ।

काठमाडौंमा उनले हिजो (आइतबार) दिनभर राजनीतिक भेटघाट गरेका थिए । त्यसपछि उनी आज सुदूरपश्चिमतर्फ लागेका हुन् ।

सचिवालयका अनुसार, उनी बाँके, बर्दिया लगायतका क्षेत्र हुँदै सुदूरपश्चिम जाने कार्यतालिका छ ।

काठमाडौंको मेयरबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका बालेन नेपालगञ्ज पुग्दा समर्थकको उल्लेख्य भीड लागेको छ ।