शुक्रबार १६ माघ, २०८२

अमेरिका बस्ने नेपालीहरुद्वारा पुनःनिर्माण कोषमा नौ लाख सहयोग

अमेरिका बस्ने नेपालीहरुद्वारा पुनःनिर्माण कोषमा नौ लाख सहयोग

काठमाडौँ । अमेरिकामा बस्ने नेपालीहरुको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया) ले पुनःनिर्माण कोषका लागि करिब रु नौ लाख बराबर सहयोग गरेको छ ।

नासियाका कोषाध्यक्ष पुरनराज खतिवडाले बिहीबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।  

उनले जेनजी आन्दोलनमा सहिद भएका युवाका परिवारको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सङ्कलन गरी सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिए । 

सो अवसरमा प्रधानमन्त्री कार्कीले विदेशमा बसेर खाई–नखाई जम्मा गरेको रकम पुनर्निर्माण कोषका लागि उपलब्ध गराकोमा धन्यवाद दिए । उनले नेपालमा अप्ठ्यारो पर्दा विदेशमा बस्ने नेपालीले गर्दै आएको सहयोगको सराहना पनि गरे ।

प्रधानमन्त्री कार्कीले भने, “जब यहाँ हामी समस्यामा हुन्छौँ, कुनै विपद् वा महामारी हुन्छ, तपाईंहरु विदेशमा बसेर यहाँको चिन्ता गर्नुहुन्छ । खाई–नखाई रकम जग्मा गरेर सहयोग गर्नुहुन्छ । यही हो नेपालीपन भनेको । आखिर आफ्नो देश आफ्नै हुन्छ ।”