आइतबार १८ माघ, २०८२

समानुपातिकको २ करोड ८ लाख ३० हजार मतपत्र छपाई

समानुपातिकको २ करोड ८ लाख ३० हजार मतपत्र छपाई

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ । 

आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र छपाइबारे जानकारी दिएका हुन् । 

प्रवक्ता भट्टराईका अनुसार, प्रत्यक्षतर्फ पनि २५ जिल्लाको मतपत्र छपाइ सकिएको छ । 

माघ १७ शनिबार बेलुकासम्म ३० लाख मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छाप्दै आएको छ ।