शनिबार ०९ फागुन, २०८२

टोखामा १९ लाख बराबरको गहना र नगद चोरी

टोखामा १९ लाख बराबरको गहना र नगद चोरी

काठमाडौं । टोखामा १९ लाख ५० हजार रुपैयाँ बराबरको गरगहना नगद चोरी भएको छ ।

टोखा नगरपालिका–३ बस्ने तिल सरा पूर्जाको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको हो ।

घरमा कोही नभएको मौकामा ताच्ला फोडेर उक्त धनमाल चोरी भएको प्रहरीले बताएको छ ।