मंगलबार २० माघ, २०८२

सिटिजन्स बैंकको संस्थाप सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता १०० रुपैयाँमा

सिटिजन्स बैंकको संस्थाप सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता १०० रुपैयाँमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ३ लाख १८ हजार ८७३.१५ कित्ता संस्थापक सेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक सेयरधनीद्वय रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता र यदुनाथ घिमिरेको नाममा रहेको ५४ हजार ८११.५७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

यी सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्रीमा राखिएको हो । संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीदका लागि आह्वान गरिसकिएकाले अब भने संस्थापक र सर्वसाधारण लगायत सबैले खरीद गर्न पाउने बैंकले जनाएको छ ।

अतः यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र काठमाडौंको नारायणहिटीपथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।