निर्वाचन आयोग र टिकटकबीच समझदारी
काठमाडौं । निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । फागुन २१ गते हुने निर्वाचनको स्वच्छता स्वच्छता प्रवर्द्धनका लागि समझदारीमा हस्ताक्षर भएको हो ।
बुधबार आयोजित एक कार्यक्रमकाबीच आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट श्री फेर्दोस अल मत्ताकिनले हस्ताक्षार गरे ।
कार्यक्रममा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, निर्वाचन आयुक्तद्वय माननीय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्ण बहादुर राउत लगायतका अधिकारीहरूको उपस्थिति थियो ।
टिकटकले नेपालमा पवित्र सोचका साथ नि:शुल्क निर्वाचन सफल बनाउने कामहरू गर्न लाग्नु आफैंमा महत्त्वपूर्ण कुरा भएको कार्यबाहक आयुक्त भण्डारीको भनाइ छ ।
‘विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र निर्वाचनसँग छ । अब नेपालको निर्वाचनलाई टिकटकमार्फत हामी यसरी सहयोग गर्छौं भनेर जुन प्रतिबद्धता जनाउनु भयो, यो धेरै महत्त्वपूर्ण छ,’ उनले भने ।
