आचारसंहिताविपरीत सवारी प्रयोग गर्ने उम्मेदवारलाई २५ हजारसम्म जरिवाना
काठमाडौं । अनुचित ढंगले सवारी प्रयोग गर्ने उम्मेदवारलाई २५ हजारसम्म जरिवाना हुने भएको छ । निर्वाचन आयोगका अनुसार तोकेको संख्याभन्दा बढी सवारीसाधन प्रयोग गर्न पाइँदैन ।
निर्वाचनको प्रचारप्रसारको सिलसिलामा कुनै राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको संख्यनाभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारीसाधन प्रयोग गर्न वा गराउन हुँदैन । सरकारी स्वामित्वमा भएको सवारीसाधन प्रयोग गर्न नहुने प्रावधान छ ।
निर्वाचनको प्रचार प्रसारको सिलसिलामा कुनै राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारी साधन प्रयोग गर्न वा गराउन हुँदैन ।
प्रचारप्रसारमा सवारी साधनको प्रयोग गरी र्याली गर्न नहुने प्रावधान पनि छ ।
कुनै पनि राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन प्रचार प्रसारको सिलसिलामा कुनै सवारी साधनको प्रयोग गरी न्याली गर्न वा गराउन हुँदैन ।
अन्यथा कारबाही हुनेछ । जिर्वाचन आयोगका अनुसार त्यस्ता सवारीसाधन निर्वाचन अवधि भरका लागि कब्जामा लिइनेछ ।
जरिवाना गर्ने अधिकारीले त्यस्तो सवारीसाधन निर्वाचन अवधिभरका लागि कब्जामा लिनेछ र त्यस्तो सवारीसाधन प्रयोग गर्न दिने अधिकारीलाई समेत विभागीय कारबाही हुनेछ ।
यस्तो कसुर गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता २०८२ ले निर्वाचनका बेला सवारी साधन प्रयोग गर्ने सम्बन्धमा नियमहरू तय गरेको छ ।
जसअनुसार म्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारका लागि अनुमति लिएर बढीमा दुईवटा मात्र हलुका सवारी साधन प्रयोग गर्न पाउनेछन् । जसभित्र दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे सवारी पर्दछन् । सवारी साधन नचल्ने दुर्गम ठाउँका हकमा भने बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने छ ।
वदेशी नम्बर प्लेटका सवारी साधनलाई निर्वाचन प्रयोजनका लागि अनुमति नदिइने आयोगले जनाएको छ । आचारसंहिता अनुसार उम्मेदवार वा राजनीतिक दलले अनुमति लिएका सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न पूर्ण रूपमा रोक लगाएको छ ।
यदि कसैले अनुमति नलिई सवारी साधन प्रयोग गरेमा वा सवारीमा अनधिकृत प्रचार सामग्री प्रदर्शन गरेमा ट्राफिक प्रहरीले तत्काल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाउन सक्ने प्रावधान आचारसंहितामा छ ।
