कांग्रेसको चुनावी रणनीति : 'फागुन २१ का लागि मेरो २१ दिन'
काठमाडौं । कांग्रेसका सबै नेता–कार्यकर्ता ‘फागुन २१ को आमचुनावका लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धताका साथ “जसको पदीय जिम्मेवारी जहाँ, उसले त्यहीँ खट्ने” नीति अनुसार निर्वाचनमा सक्रिय हुने भएका छन् ।
कांग्रेसको आइतबार बसेको कार्यसम्पादन समितिको भर्चुअल बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा तयार भएको निर्वाचन परिचालन निर्देशिका २०८२ पारित गर्दै यस्तो निर्णय गरेको हो ।
निर्देशिकाअनुसार, केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले तोकेको जिम्मेवारी लिएर प्रतिनिधिहरू निश्चित स्थानमा काम सम्पन्न गरी पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित हुने व्यवस्था छ।
तोकिएको जिम्मेवारी बाहेक, अन्य सबै पदाधिकारी र सदस्यहरू आफ्नै क्षेत्रमा केन्द्रित रहनेछन्।
‘एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर ञहाम्रो वडा हामी जिताउँछौझ उद्घोषसाथ आआफ्नै वडामा खट्नुहुनेछ,’ निर्देशिकामा उल्लेख छ ।
