बंगलादेशका सवा करोड हिन्दूलाई एकजुट भएर मुस्लिम ज्यादतीविरुद्ध लड्न आरएसएस प्रमुखको अपिल
काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टीको मातृ संस्था समेत मानिने हिन्दूहरूको विश्वकै सबैभन्दा ठूलो संगठन राष्ट्रिय स्वयंसेवक संघले बंगलादेशका हिन्दूलाई एकजुट भएर लड्न आह्वान गरेको छ ।
आरएसएसका प्रमुख मोहन भागवतले बंगलादेशका हिन्दू अल्पसंख्यकमाथि मुस्लिम ज्यादती बढेको सन्दर्भमा एकजुट भएर लड्न अपिल गरेका हुन् । उनले भारतसहित विश्वभरका हिन्दूको साथ रहेको समेत जनाएका छन् ।
आरएसएसको एक सय वर्ष पुगेको अवसरमा उनले बंगलादेशका सवा करोड हिन्दूलाई एकजुट हुन यसअघि नै आह्वान गरिएको बताएका छन् । बंगलादेशमा शेख हसिनाको सत्तापलटपछि हिन्दूको सिलसिलेवार हत्या भइरहेको छ ।
