मंगलबार २७ माघ, २०८२

मधेश दौडाहामा बालेन

मधेश दौडाहामा बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह आज मधेश यात्रामा निस्किएका छन्। केही दिन आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा रहेका बालेन आज मधेश झरेका हुन्।

अहिले सप्तरी जिल्लाका पार्टीका उम्मेदवारदेखि मतदातासँग भेटघाटमा छन् । मधेशका अधिकांश जिल्ला दौडाहा गर्दै आज बेलुका बर्दिबास पुग्ने उनको कार्यक्रम छ । बालेन पहिलो सम्बोधन गर्न जनकपुर पुगेर गरेका थिए।

रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सारेपछि देश दौडाहामा केन्द्रित छन् । बालेन पुगेका अधिकांश जिल्लामा समर्थक र कार्यकर्ताको भिड लागेको छ ।

अब फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गरेर रास्वपा सभापति रवि लामिछाने र नेता साह सँगै चुनावी अभियानमा जाने तयारीमा छन् ।