जनकपुरमा यौनिक अल्पसंख्यकको शव फेला
जनकपुरधाम । जनकपुरधाममा एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडानम्बर १७ तेतरियामा सडक छेउमा शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार सलले घाँटी कसेको अवस्थामा शव फेला परेको हो । घटनास्थल र शवको प्रकृति हेर्दा कसैले हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।
घटनास्थल वरपर चप्पल, झोला भेटिएको छ । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
