खाडी मुलुकको तनावको असर त्रिभुवन विमानस्थलमा, आज पनि अन्योलमा यात्रु
काठमाडौं । खाडी मुलुकमा बढेको तनावको असर नेपालस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परेको छ । त्यस क्षेत्रका विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।
सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यहाँ हुने उडान रद्द गरिएका छन् ।
उडान रद्दका कारण यात्रुहरू शनिबारदेखि नै अलपत्र परेका छन् । आइतबार बिहान पनि यात्रुहरू अन्योलमा यताउता गरिरहेका देखिन्थे । विमानस्थलमा अनेक सूचना टाँसिएका छन् ।
