Category: व्यवस्थापन

  • व्यवस्थापन
    दाङ, २५ वैशाखः दाङको घोराही उपमहानगरपालिका–१६ स्थित वयरबटुवाका स्थानीय किसान मङ्गलबार बिहान घोडामा राखेर घोराही बजारमा चामल बिक्री गर्न आउँदै । तस्बिरः कुलदीप न्यौपाने/रासस
  • व्यवस्थापन
    पाँचथर, २३ वैशाखः खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ चुक्फारा, डाँडागाउँ, माझीगाउँ, सिमखर्कलगायत बस्तीका लागि सोही योजनाको पाइपलाइनमा ट्याङ्करबाट पानी लगाइँदै । यहाँका ३०० बढी घरपरिवारलाई उनीहरुकै सक्रियतामा यही वैशाख १५ गतेदेखि ट्याङ्करको सहायताले खानेपानीको व्यवस्था गर्न थालिएको…
  • व्यवस्थापन
    म्याग्दी, २१ वैशाखः म्याग्दीको मङ्गला गाउँपालिका–५ कुरसिम्लादेखि पाखु जाने बाटोमा पर्ने गौडाको भिरमा ढुङ्गाको सिढी चिनेर पदमार्ग बनाउँदै स्थानीयवासी । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवालाई परिचालन गरेर पदमार्ग निर्माण गर्न लागिएको हो । तस्बिर सन्तोष गौतम/रासस
  • व्यवस्थापन
    भरतपुर (चितवन), १७ वैशाख : नारायणी नदीमा तटबन्ध निर्माण कार्य गरिँदै । तटबन्धको पहिलो चरणको २० किलोमिटर मध्ये ८ किलोमिटरको काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । तस्बिरः कृष्ण आचार्य / रासस
  • व्यवस्थापन
    दार्चुला, १७ वैशाख : नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा रहेको झोलुङ्गे पुल । यो पुलबाट सर्वसाधारणलाई हरेक दिन बिहान ६ बजेदेखि बेलुका ७ :३० बजेसम्म आवतजावत खुला रहने गर्दछ । तस्बिर ः रत्न श्रेष्ठ/ रासस
  • व्यवस्थापन
    बरहथवा (सर्लाही), १६ वैशाख  पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको हरिवन नगरपालिका–४, लखन्देही पुल नजिकै आइतबार सडकको गतिविधि नियाल्न सिसि क्यामेरा जडान गर्दै प्राविधिक । तस्बिर ः सिंगबहादुर थापा÷रासस
  • व्यवस्थापन
    भरतपुर,११ वैशाख : चितवनको इच्छाकामना गाउँपालिका-१ थाप्राङमा आगलागीले दिलकुमारी चेपाङको घर जलेपछि नयाँ निर्माण हुँदै गरेको घरको स्थलगत निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र पालिकाका प्राविधिक । स्थानियको श्रमदानबाट निर्माण गरिएको घरमा गाउँपालिकाले जस्तापाता दिने भएको छ । तस्बिर : कृष्ण आचार्य/रासस
  • व्यवस्थापन
    काठमाडौँ, ६ वैशाख ः काठमाडौँ महानगरपालिका– १६ स्थित बालाजुको बाइसधारा उद्यान परिसरमा रहेको बाइस धारा । यस वर्षको वैशाख ११ गते (ल्हुति पुन्हि) मा बालाजु बाइसधारा मेला लाग्ने गर्छ । तस्बिर ः हरिराम भेटुवाल÷रासस
  • व्यवस्थापन
    तनहुँको ऋषिङ्ग गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह । यो प्याकेजमा हालसम्म ५२ दशमलव ४५ प्रतिशत प्रगति हासिल भएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस
  • व्यवस्थापन
    गोरखाको धार्चे गाउँपालिका–२ रुन्चेत र वडा नम्बर ३ लुसीकाङ गाउँ जोड्न बुढी गण्डकी नदीमाथि भिर खोपेर झोलुङ्गेपुल निर्माण गरिँदै । तस्बिरः दीपक श्रेष्ठ/रासस
  • व्यवस्थापन
    मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पृथ्वीराजमार्गको तनहुँको व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पक्की पुल । रु एक अर्ब २१ करोडको लागतमा यहॉ पुल निर्माणको काम भइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
  • व्यवस्थापन
    बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ खल्टुबोटमा निमार्णाधीन १३२ केभीको सवस्टेशन । तीन वर्षअगाडि सुरु भएको सवस्टेशन निर्माण कार्य हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । तस्बिरः डम्मर बुढामगरररासस
  • व्यवस्थापन
    काभ्रेपलाञ्चोकको पनौती नगरपालिका १० खोपासीमा सञ्चालनमा रहेको 'फ्रेण्डशिप पेपर' उद्योगमा सुकेको नेपाली कागज व्यवस्थापन गर्दै मजदुर । तस्बिर ः पेमा लामा / रासस
  • व्यवस्थापन
    भोजपुरको षडानन्द नगरपालिका वडा नं ७ र ११ लाई जोड्ने खकुवा खोलामाथि निर्माण भएको पुल उद्घाटन गर्दै षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास र हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई । असी मिटर लामो उक्त पुल रु २८ लाखको लागतमा निर्माण गरिएको हो । तस्बिर ः युवराज विष्ट÷रासस
  • व्यवस्थापन
    सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र आसपासको क्षेत्र । लामो समयदेखि जीर्ण रहेको यो ताल अहिले सरसफाइ गरी डुङ्गा लचाउने तयारी गरिएको वीरेन्द्रनगर नगरपालिकाले जानकारी दिएको छ । तस्बिर ः सुरेश आचार्य / रासस
  • व्यवस्थापन
    नवलपरासी पश्चिम, चैत ९ नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा शुक्रबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा…
  • व्यवस्थापन
    काठमाडौं, चैत ८ गैरआवसीय नेपाली संघ (एनआरएनए) ले भूकम्पबाट ध्वस्त भएका दुई नगरपालिकाको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ । गत कात्तिक १७ गते गएको भूकम्पबाट सबैभन्दा बढी क्षति भएको जाजरकोटको भेरी र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको पुनर्निर्माण गर्ने भएको हो । काठमाडौँमा हालै सम्पन्न संघको बार्षिक साधारणस …
  • विज्ञान प्रविदी
    काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रीड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र ४०० भोल्टका प्रसारण ल…
  • व्यवस्थापन
    रुकुम, ४ फागुन : रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि रु ७५ करोड ११ लाख ५० हजार निकासा भएको छ भने हालसम्म जिल्लामा २६ हजार सात सय सातवटा अस्थायी आवास निर्माण भएका छन् । पाँच हजार छ सय ३७ निर्माणाधीन छन् । जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा आठविसकोट नगरपालिकामा सबैभन्दा बढी आठ …
  • व्यवस्थापन
    काठमाडौँ, ४ फागुन : देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले बिहीबार विज्ञप्ति जारी गरी पछिल्लो समय दुर्घटना बढेकामा दुःख व्यक्त गर्दै भवितव्य दुर्घटनाका लागि राहत कोषको स्थापना गर्…
  • व्यवस्थापन
    ढोरपाटन (बागलुङ), ४ फागुन : बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्षमा विनियोजन भएको रु …