Category: मुख्य समाचार
-
काठमाडौँ, ५ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैँया ४९ पैसा…
-
काठमाडौं, ५ कात्तिक । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले परास्त गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा विजयी भएको थियो । आज बिहान…
-
काठमाडौँ, ४ कात्तिक । गृहमन्त्री रमेश लेखकले राज्यका तर्फबाट प्रदान गरिने सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने बताएका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा आज आयोजित ‘इ–चलान’ (डिजिटल चिट) शुभारम्भ गर्दै उनले सबै नागरिकलाई सरल, सुलभ र पारदर्शी तथा झण्झटिलो र जटिलतारहित ढङ्गबाट सेवा प्र…
-
काठमाडौं, ४ कात्तिक । सहकारी ठगी प्रकरणमा मुछिएपछि पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो …
-
काठमाडौं, ४ कात्तिक । कतारलाई नेपालले एक जोडी हात्ती उपहार स्वरुप दिने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कतार सरकारलाई नेपाल सरकारको तर्फबाट उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो । कतारलाई चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती उपलब्ध गराइने भए…
-
काठमाडौँ, ४ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र भाषाको विकास र संरक्षणमा गोरखापत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । गोरखापत्र संस्थानमा आज आयोजित कार्यक्रममा ‘रानाथारु’ भाषा पृष्ठको लोकार्पण गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भाषाको विकास र संरक्ष…
-
काठमाडौँ, एजेन्सी । अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति उम्मेदवार बनेका ७८ वर्षीय डोनाल्ड ट्रम्पसँगको कडा चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कमला ह्यारिस आइतबार ६० वर्ष पुग्दै छिन् । उमेर पनि एउटा महत्त्वपूर्ण कारक बनेको छ । वृद्ध उमेरकै कारण निर्वाचन अभियानमा राष्ट्रपति जो बाइडेनले आफ्नो क्षमताप्रतिको चिन्ताले चुनाव…
-
काठमाडौँ, एजेन्सी । इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो निवासमा आक्रमण गरेर आफ्नो हत्या गर्ने प्रयास गरेको इरान–समर्थित हिजबुल्लाह आन्दोलन…
-
काठमाडौं, ४ कात्तिक । सहकारी ठगी प्रकरणमा तानिएका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ । सरकारविरुद्धको नाराबाजीसहित भीड नियन्त्रण बाहिर हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेपछि आन्दोलित …
-
काठमाडौँ, ४ कात्तिक । व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण …
-
काठमाडौं ४ कात्तिक । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालतमा लगिरहेका बेला सञ्चारकर्मीहरुसँगको कुराकानीमा आफूलाई न्यायलयप्रति विश्व…
-
भक्तपुर, ४ कात्तिक। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि ९पूरक परीक्षा० मा एक लाख २२ हजार एक सय…
-
पोखरा ४, कात्तिक। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको हो …
-
काठमाडौं, ४ कात्तिक। प्रतिपक्षी दलले भोलि (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । शुक्रबार गठित कार्यदलले तयार पारेको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाउन तय गरिएको बताइएको छ । सो ज्ञापनपत्र माओवादी केन्द्रका शक्ति बस्नेत, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका…
-
काठमाडौँ, ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनःस्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आज…
-
पोखरा, ४ कात्तिक। जिल्ला प्रशासन कार्यालय कास्कीको तोकेको निषेधित क्षेत्रमा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका छन् । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र यसअघि नै तोकिसकेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपा सम्बद्धलाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ । …
-
काठमाडौँ, ४ कात्तिक । आज अक्टोबर २० अर्थात् अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘गृह श्रमिकको माग–गृह अभिसन्धि १७७ को अनुमोदन, श्रम अधिकार, सामाजिक सुरक्षा र मर्यादित काम’ भन्ने मागमा साथ नेपालमा पनि आज गृह श्रमिक दिवस मनाइँदैछ ।  …
-
काठमाडौँ, एजेन्सी । इजरायली सेनाले आइतबार बिहान दक्षिण बेरुतका दुई छिमेकमा ‘हिजबुल्लाहसँग सम्बद्ध’ भनिएका भवनहरू नजिक रहेका नागरिकहरूलाई तुरुन्तै खाली गर्न आदेश दिएको छ । सेनाले दुई नक्सामा सुविधाहरू चिह्न लगाउँदै र सेनाले चाँडै तिनीहरूविरुद्ध ‘काम गर्ने’ भन्दै उक्त आदेश दिएको हो । …
-
काठमाडौँ, एजेन्सी । भारतीय एयरलाइन्सहरूद्वारा सञ्चालित उडानहरूलाई ७० भन्दा बढी झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी उडानमा ढिलाई निम्त्याएको भारतीय सञ्चारमाध्यमहरूले आइतबार बताएका छन् । सबै उडान सुरक्षित अवतरण भए पनि धम्कीहरूको यस शृङ्खलाले विमानहरूला…
-
काठमाडौँ, ४ कातिक। राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस दू्रतमार्गको धेद्रेसुरुङ छिचोल्ने (ब्रेकथ्रु) र बुङमती क्षेत्रमा २२५ रोपनी जग्गाको मुआब्जामा पुँजीगत लाभकर छुट दिने कार्यलाई रक्षा मन्त्रालयले पछिल्लो महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ । ‘आजको सुरुआत, भोलिको आधारः काठमाडौँ&…
-
पोखरा, ४ कात्तिक। राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पछि कास्कीको सहिदचोक र गैह्रापाटनलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले उक्त निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने एक सूचनामार्फत जनाएको छ । यसैगरी, प्रदर्शन, जु…
खाम्बाचेन
भोटेचौर चिया बगानमा पर्यटक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा नगर्न माग
सुर्खेत दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या पाँच पुग्यो, २५ जना घाइते
धान झाट्दै कृषक