Category: समाज

  • समाज
    कञ्चनपुर, २५ साउन : कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाका किसान बारीमा फलेको लौका टिप्दै । व्यावसायिक तरकारी खेती गरेर सुन्दरीफाँटाका दुई दर्जन बढी किसानले गतिलो आम्दानी हात पार्दै आएका छन । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
  • समाज
    काँक्रेविहार (सुर्खेत), २५ साउन : जुम्लाको गुठिचौर गाउँपालिका–१ घाटस्थित घाट खोला पार गर्दै गरेका चौँरीहरु । यहाँ पशुपालनका रुपमा चौँरीलाई प्राथमिकता दिइएको छ । तस्बिर : हेमन्त केसी/रासस
  • समाज
    दाङ,२५ साउनः दाङको घोराही उपमहानगरपालिका–१५, बैंकरोडस्थित पसलमा शुक्रबार बिहान नागका चित्र किन्दै सर्वसाधारण । नागपञ्चमीको दिन घरको दौलोमा नागको फोटो टासेमा नागले रक्षा गर्छन् भन्ने जनविश्वास छ । तस्बिरः कुलदीप न्यौपाने /रासस
  • समाज
    लेखनाथ (कास्की), २४ साउन : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी भोलि परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्बिर टाँसेर मनाइँदैछ । नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ । पोखरा&…
  • समाज
    गोरखा, २४ साउनः गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुग्नुभयो । दुई छोरा र एक छोरीलाई हुकाई सक्नुभएका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने उमेर पनि नभएको होइन । पढ्ने उमेरमा घरायसी समस्याका कारण विद्यालय शिक्षा पूरा गर्न नसक्नु भएका उहा…
  • समाज
    ढोरपाटन (बागलुङ), २४ साउनः यहाँ बोलिने ‘मगर खाम भाषा’ सङ्कटमा परेसँगै लोप हुने जोखिम बढेको छ । बढ्दो सहरीकरण, विदेश पलायन, आधुनिकीकरणलगायत कारणले भाषा सङ्कटमा पर्न थालेपछि लोप हुने जोखिम बढेको भन्दै बूढापाका चिन्तित भएका हुन् । आठार मगरातअन्तर्गत जिल्लाको निसीखोला गाउँपालिका–५ र ६ मा बो…
  • समाज
    ढोरपाटन (बागलुङ), २४ साउन: तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर रु १० लाख खर्चेर जीर्णोद्धार गरेको छ । स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने भएको हो । तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु दश लाख र स्थानीयको श्रम…
  • समाज
    महेन्द्रनगर (धनुषा), २३ साउन : मिथिलाञ्चलमा आजदेखि झुल्नोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयाबाट सुरु भई झुल्नोत्सव पूर्णिमासम्म जारी रहन्छ । झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई आज साँझदेखि झुलामा झुलाइने परम्परा रहँदै आएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवले बताउनुभयो । यसका लागि…
  • समाज
    सुनसरी, २२ साउनः सुनसरीको इनरुवा नगरपालिका–९ स्थित खेतमा रोपिएको धानबालीमा रासयनिक मल छर्दै किसान । यसपटक सहज रुपमा रासयनिक मल उपलब्ध भएकाले गत वर्ष जस्तो झन्झट व्यहोर्नु नपरेको किसान बताउँछन् । तस्बिरः नवीन गड्तौला÷रासस
  • समाज
    गोदार (धनुषा), २२ साउनः सोमबार रातिदेखि परेको अविरल बर्षापछि मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलको जलमग्न अवस्था । तस्बिरः अमरेन्द्रकुमार यादव÷रासस
  • समाज
    काठमाण्डौं, साउन २२   नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका पूजनीय पिता श्रवण कुमार अग्रवालको ७७ वर्षको उमेरमा श्रावण २१ गते सोमबार उनको निवास सानेपामा स्वर्गारोहण भएको खबरले नेपाल उद्योग परिसंघलाई स्तब्ध बनाएको छ ।   ुऔद्योगिक घराना आरएमसी ग्रुपका संस्थाप…
  • समाज
    कञ्चनपुर, २२ साउन: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का किसान धान रोपेको खेतमा युरिया मल छर्दै । यसवर्ष मलको आपूर्ति समयमै हुँदा मल खोज्नकै लागि विगतका वर्षमा जसो भौँतारिनु नपरेको उहाँको भनाइ छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
  • समाज
    काठमाडौँ, २२ साउनः आज रातिदेखि अविरल परेको वर्षाका कारण राम शाह पथस्थित राष्ट्रिय बिमा संस्थानको कार्यालयमा जमेको पानी । तस्बिरः नारायण न्यौपानै÷रासस
  • समाज
    काठमाडौँ, २२ साउनः आज रातिदेखि अविरल परेको वर्षाका कारण सिंहदरबार परिसरमा रहेका नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा जमेको पानी । तस्बिरः नारायण न्यौपानै÷रासस
  • समाज
    जुम्ला , २२ साउन  तिला नदीको किनारामा रहेको जुम्लाको तातोपानी गाउँपालिका वडा नं ४ र ५ को बस्ती । तस्बिर  विजय रावत /रासस
  • समाज
    दाङ, २२ साउन : दाङको घोराही उपमहानगरपालिका-१६ स्थित तेरौटेमा बाँके कोहलपुरका नारायण पोख्रेलले व्यवसायिक रुपमा तरकारी खेती गर्न भाडामा लिनुभएको जग्गामा गोलभेँडाको बेर्ना रोप्दै मजदुर । तस्बिर : कुलदीप न्यौपाने/ रासस
  • समाज
    मध्यविन्दु (नवलपरासी), २२ साउनः बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आउनुभएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आउनुभएका उहाँलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाल…
  • समाज
    धनुषा, २१ साउनः अहिले प्रायः हिन्दू महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै उनीहरुमा छुट्टै उत्साह र उमङ्ग छाएको छ तर धेरैलाई यसको महत्व र सन्दर्भका बारेमा जानकारी नभई अर्काको देखासिकी र फरक देखिने सोखले रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ । पछिल्ला वर्षमा…
  • समाज
    टक्सार (भोजपुर), २१ साउनः अपाङ्गता भएका व्यक्तिका लागि परिचय पत्र वितरण तथा स्वास्थ्य शिविरमा सोमबार परिचय पत्र वितरण गर्दै भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा । सोमबार नगरपालिका–६ मा शिविर सञ्चालन गरिएको हो । तस्बिरः निरोज कोइराला/रासस
  • समाज
    भक्तपुर, २१ साउन : भक्तपुरको सूर्यविनायक नगरपालिका र आसपास देखिएको रमणीय दृश्य । तस्बिर : चन्द्रकला क्षेत्री / रासस
  • समाज
    बनियानी (झापा), २० साउनः शारीरिक अशक्ता भएकाहरुको दैनिक जीवनयापनमा सहजता ल्याउन आइतबार सहायक सामग्री वितरण गर्दै कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराईलगायत । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ अन्तर्गत अपाङ्गता रोकथाम र पुनःस्थापना कार्यक्रमका लागि सहायक सामग्री वितरण…