Category: समाज

  • समाज
    काठमाडौं , ७ साउन : साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल / रासस
  • समाज
    भैरहवा (रुपन्देही), २ साउन : मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ । रुपन्देहीमा मुस्लिम मात्र होइन हिन्दू धर्मालम्बीले पनि ताजिया बनाई विधिवत रूपमा पूजाअर्चना गरेका छन् । भैरहवा गाउँका पाचु ठाकुर यो पर्वप्रति आफ्नो प्रगाढ आस्था रहेको बताउनुहुन्छ । …
  • समाज
    काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट निर्मित संविधानमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन नदिने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आज विश्वासको मत लिने क्रममा उहाँ…
  • समाज
    वीरगञ्ज (पर्सा), २३ असारः वीरगञ्जको प्रसिद्ध गहवामाई निवनिर्मित मन्दिरको १२औं वार्षिकोत्सवको अवसरमा निकालिएको रथयात्रामा हजारौँ श्रद्धालु भक्तजनको सहभागिता । रथयात्रा गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भई घण्टाघर चोक, रेलवे रोड हुँदै छपकैयास्थित स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शालिकलाई परिक्रममा गरेर विर्तामाई मन्दिर, अलखि…
  • समाज
    बेलबारी(मोरङ), १७ असार : मोरङको बेलबारी-६ स्थित खेतमा धान रोप्दै धिमाल समुदायका महिलाहरु । तस्बिर : विवेक मिश्र/ रासस
  • समाज
    काँक्रेविहार (सुर्खेत), १२ असार ः भेरी करिडोर सडक खण्ड अन्तरर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको छ । तस्बिर : हेमन्त केसी / रासस
  • समाज
    वीरगञ्ज (पर्सा), १२ असार : लागु औषध दुरुप्रयोग तथा अवैध ओसारप्रसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार वीरगञ्जको घण्टाघरचोकमा निकालिएको प्रभातफेरीमा सहभागीहरु। तस्बिर ः हिमाल लम्साल / रासस
  • समाज
    गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन् । हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे । अहो ! यी हिमाल, पाखापखेरु, तालतलैया, झरना र नदीनाला । तपाईँलाई आज हामी त्यही प्रकृतिको वैभव मनाङतिर लैँजादैछौँ । मस्र्याङ्दीको तिरैतिर, पहाडको भिरैभिर …
  • समाज
    धरान (सुनसरी), १० असार : धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध छ । प्राकृतिक रुपले विष्णुपादुका सुनसरी जिल्लाकै एक सुन्दर स्थानसमेत हो । मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरेको स्थानको रूपमा यस मन्दिरलाई चिनिन्छ । यहीँब…
  • समाज
    भैरहवा, १० असारः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्याङ्करबाट खानेपानी वितरण गर्दै नगरपालिकाका कर्मचारी । लामो समयदेखि पानी नपर्दा रुपन्देहीमा खानेपानीको अभाव भएको छ । तस्बिरःराधेश्याम विश्वकर्मा/रासस
  • समाज
    मान्म (कालिकोट), १० असार : जिल्लाको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ । गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको हो । नरहरीनाथ गापाको छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाको कुपोषण अव…
  • समाज
    सिन्धुपाल्चोक, १० असार : गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार …
  • समाज
    वेदकोट (कञ्चनपुर), १० असार : कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्नुहुन्छ । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उहाँले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आउनुभएको छ । दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गर्नुभएको छ । तरकारी हे…
  • समाज
    गलेश्वर ९ असारः म्याग्दीको दरबाङस्थित केवि एकेडेमीमा किशोरीहरुको सुरक्षाका लागि आत्मरक्षा तालिम दिँदै प्रहरी । म्याग्दीका विद्यालयहरुमा सामाजिक विकास कार्यालय, मिलन म्याग्दी र जिल्ला प्रहरी कार्यालयको संयुक्त समन्वयमा आत्मरक्षा तालिम भइरहेको छ । तस्बिरः ध्रुवसागर शर्मा/रासस
  • समाज
    दमौली (तनहुँ), ७ असार : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित खड्गदेवी मन्दिर दैनिकरुपमा खुला गरिएको छ । बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिर वर्षमा नवरात्रका नौ दिनमात्रै खुल्दै आएकामा बिहीबारदेखि दैनिकरुपमा खुला गरिएको र आजदेखि सबैका लागि दर्शनको व्यवस्था मिलाइएको मन्दिर सञ्चालक समितिले जनाएको छ…
  • समाज
    काठमाडौं, असार ६ समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । बिहिबार बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह ग…
  • समाज
    गुल्मी, ६ असारः गुल्मीको चन्द्रकोट गाउँपालिकामा सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत कृषकलाई गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा मिनिटिलर हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष युवराज खत्री एवं कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी । तस्बिरः जनार्दन घिमिरे/रासस
  • समाज
    तुलसीपुर, ६ असारः दाङ आफैँमा विकसित जिल्ला हो तर अझै पनि दाङको खुमखानीलगायत कतिपय गाउँहरूमा सडक सुविधा नपुगेको मात्र होइन, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि पुग्न सकेको छैन । तुलसीपुर उपमहानगरपालिका–४ स्थित यस गाउँका बासिन्दा सडक नहुँदा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै धेरैले ज्यान गुमाउ…
  • समाज
    गण्डकी, ६ असार : कुश्मा कला परियोजनाद्वारा पर्वत सदरमुकाम कुश्मामा संरक्षित ‘शताब्दी घर’मा सङ्ग्रह गरिएका घरायसी प्रयोग गरिने काठ,बाँसलगायतबाट बनेका परम्परागत सामग्री । तीन सय वर्ष पुरानो उक्त घरलाई सङ्ग्रहालयका रूपमा विकास गर्न लागिएको छ । तस्बिर : रामबहादुर थापा/रासस
  • समाज
    गुल्मी, ५ असार : गुल्मीको चन्द्रकोट गाउॅपालिका-८ स्थित मजुवा फॅाटमा झुल्दै गरेको चैते धान खेती । तस्बिर : जनार्दन घिमिरे / रासस
  • समाज
    जानकी (बाँके), ३ असार : इस्लाम धर्मावलम्बीको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा बाँकेको नेपालगञ्ज स्थित विपी चोकमा सोमबार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : रुपनी जि एम/रासस