शुक्रबार २६ मंसिर, २०८२

आगोले जलेर तीन जनाको मृत्यु

आगोले जलेर तीन जनाको मृत्यु

काठमाडौं, बैशाख २० 

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ बस्ने ७७ वर्षीय लिलाधर जैसीको आगोले जलेर बुधबार बेलुकी मृत्यु भएको छ । सोही ठाउँस्थित राम्चे सामुदायिक जंगलमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । 

धादिङको थाक्रे गाउँपालिका–५ गैरिखर्क बस्ने ७० वर्षीय तेज बहादुर लामा र उनकी श्रीमती ७० वर्षीया ठुली तामाङको आगोले जलेर बुधबार राति मृत्यु भएको छ । लामाको घरमा करेन्ट सर्ट भई आगलागी हुँदा उनीहरू जलेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् । आगलागीबाट घर पूर्ण रूपमा जलेर करिब १२ लाख रूपैयाँ बराबको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।