बुधबार २४ मंसिर, २०८२

कोका–कोलायुथ डायलगको तेश्रो संस्करण

कोका–कोलायुथ डायलगको तेश्रो संस्करण

काठमाडौं, बैशाख २५,


एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका–कोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीहरूले “एक्स्प्लोरिंग सोल्युशन्स फोर ए सस्टेनेबल फ्युचर” अर्थात दिगो भविष्यका उपायरुको बारेमा छलफल गरेका छन् ।


ग्लोकल प्राईभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठको पनि उपस्थिति रहेको थियो भने सहभागीहरुले पृथ्वीको हरियालीको संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिहरूको बारेमा छलफल गरेका थिए ।

उद्योग विज्ञ इके ह्याङ, मनु कार्की र रुबिना कार्कीको नेतृत्वमा भएको छलफलमा दिगो र उज्जवल भविष्यको लागि युवाहरुको सामूहिक र व्यवहारिक कदमहरुको बारेमा छलफल भएको थियो ।