नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन ढुगाना
काठमाडौं, जेठ ३
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पदमा पुन ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको बुधबार बसेको बैठकले ढुंगानाको कार्यकाल दुई बर्षको लागि थप गरेको हो । बैंकका अनुसार ढुंगानाको थप कार्यकाल यही असार १७ देखि कार्यान्वयनमा आउने छ । ढुंगाना यसअघि बिसं २०७९ असार असार गते नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । ढुंगानासंग नेपाल राष्ट्र बैंक, तत्कालीन नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एण्ड कर्मश बैंक (एनसीसी) समेतको काम गरेको अनुभव रहेको छ ।