सोमबार २२ मंसिर, २०८२

समृद्धि फाइनान्सका ग्राहकहरुलाई पुष्पाञ्जली हस्पिटल भरतपुरमा भारी छुट

समृद्धि फाइनान्सका ग्राहकहरुलाई पुष्पाञ्जली हस्पिटल भरतपुरमा  भारी छुट

काठमाडौं, जेठ ११

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर, चितवन सँग समझदारी गरेको छ । बिहिबार भएको उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले मिति २०८१-०२-११ देखि २०८४-०२-१० गते सम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा क्यू. आर प्रयोग गरि पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर, चितवनमा स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा भारी छुट पाउने छन् । 

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत श्री गोर्कण प्रसाद दुवाडी र पुष्पाञ्जली हस्पिटल प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक श्री सुजन राज अधिकारीले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर, चितवनबाट नियमित ओ.पि.डि. सेवामा २० प्रतिशत हस्पिटलको आन्तरिक सेवाहरुमा २० प्रतिशत, औषधिमा तीन देखि देखि पाँच प्रतिशत र साना तथा ठुला सल्याक्रिया चार्जमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।