महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाडौं, जेठ ३२
महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्था तथा सुपर मार्केटसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइाल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुटहरु अन्र्तगत पोखराको लेखनाथ सिटी हष्पिटलको सेवामा पाँच देखि २५ प्रतिशतसम्म, ओरो प्लस डेन्टल क्लिनिक पुल्चोकमा पाँच देखि १० प्र्रतिशतसम्म, ए एण्ड ए हेल्थ क्लव रुपन्देहीमा पाँच देखि १९ प्रतिशत र एनजी मार्केट्स तिलोत्तममा एक दशमलव पाँच देखि १० प्रतिशतसम्म रहेको बैंकले जानकारी दिएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।