फोनपेले गर्यो २५ करोड भन्दा बढीको युपिआई कारोबार, नेपालमा युपिआईको प्रयोग बढ्दै
ललितपुर, असार ११
फोनपेले, भारतीय यात्रुहरूद्वारा नेपालभरि युपिआई (यूनिफाइड पेमेन्ट्स इन्टरफेस) को प्रयोगमा ठूलो बृद्धि भएको घोषणा गरेको छ । २०२४ फेब्रुअरी २८ मा सुरु भएदेखि, युपिआईको प्रयोगबाट २५ करोड रुपैयाँ भन्दा बढी रकमको कारोबार भएको छ र ७७ वटै जिल्लामा १ लाख भन्दा बढी कारोबार भएका छन् । यो वृद्धि त्यही समयमा भएको हो जब धेरै भारतीय पर्यटकहरू नेपाल भ्रमणको योजना बनाईरहेका छन् । यस वर्ष, उच्च संख्यामा भारतीय पर्यटकहरू नेपाल आउने अपेक्षा गरिएको छ ।
धेरै भारतीय यात्रुहरूले नेपाललाई सुन्दर दृश्य, समृद्ध सांस्कृतिक सम्पदा, र बढ्दो साहसिक पर्यटनको लागि रोज्ने गरेका छन् । युपिआई भुक्तानीले मुद्रा साट्ने वा नगद बोक्ने आवश्यकता हटाएको छ, त्यसैले यात्रा सहज पनि भएको छ । फोनपे नेटवर्कमार्फत युपिआई भुक्तानीको सजिलो, सुरक्षा, र तत्काल सेवाले भारतीय पर्यटकहरूको कारोबारमा वृद्धि ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ, जसले नेपाल भ्रमणलाई अझ सुविधाजनक र रमाइलो बनाएको छ । यो सहज भुक्तानी समाधानले नेपाललाई भारतीय यात्रुहरूका लागि बिगतको भन्दा अझै बढी रुचाइएको गन्तव्य बनाएको छ ।
बलियो बैंक तथा वित्तीय संस्था (बीएफआई) नेटवर्क सहित फोनपेले, नेपालमा युपिआई भुक्तानीको सुविधा दिने क्षेत्रमा अग्रस्थान लिएको छ । अहिले, नेपालको ८० प्रतिशत क्युआर कोड प्रणालीले फोनपे मार्फत युपिआई भुक्तानी लिन सक्छ । फोनपेले सञ्चालन गरेको क्युआर र भुक्तानी प्रणालीले नेपालका सबै ७७ जिल्लामा युपिआई भुक्तानी स्वीकार गर्न सक्षम बनाएको छ। फोनपेले सञ्चालन गरेको विस्तृत नेटवर्क, जसमा बैंक र पेमेन्ट सेवा प्रदायकहरू (पीएसपी) समावेश छन् ।
सबैको साझा प्रयासमा देशभरि युपिआई भुक्तानी सजिलै उपलब्ध भएको छ, जसले गर्दा यो प्रबिधि छिटो लोकप्रिय हुन सफल भएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले भने, नेपालमा युपिआई भुक्तानीलाई ग्राहकहरुले यसरी छिट्टै अपनाउदा यसले सहज र सुरक्षित डिजिटल भुक्तानीको बढ्दो माग भएको देखिएको छ । हामी यस डिजिटल परिवर्तनमा प्रमुख भूमिका खेल्न र नेपाली नागरिकहरू र भारतीय यात्रुहरुलाई सहज भुक्तानी विकल्प दिन पाउँदा धेरै खुशी छौं । “
आगामी दिनहरूमा, फोनपेले नेपाली नागरिकहरूले भारतमा पनि युपिआई भुक्तानी गर्न सकून् भनेर प्राविधिक र सञ्चालन तयारी पूरा गरिसकेको छ। यसका लागि फोनेपे , नेपाल राष्ट्र बैंकको अनुमतिको प्रतीक्षामा छ ।