भक्तपुरको विभिन्न ठाउँमा अस्थायी संरचना बनाई पहिरो रोकथाम
काठमाडौं, साउन १६
साउन १६ गते सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण दुवाकोटले अविरल वर्षाको कारण भक्तपुरको विभिन्न ठाउँमा पहिरो गई जोखिममा रहेका घरहरु नजिकै अस्थायी संरचना बनाई पहिरो रोकथाम गरेको छ ।
_FXwKqbph6P_5u3zbrrq5hnfxcfdjo7bkpdah0gru3jx2d99dlvtr4k3ou6kst1pq4kaj37m.jpg)
चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ्गस्थित बन गाउँ र वडा नं. ४ चापाखलमा अविरल वर्षाको कारण पहिरो गई दुई वटा घर जोखिम अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएपछि सो गणबाट खटिएको सुरक्षा फौज पहिरो रोकथाम कार्यमा जुटेको हो ।
_NLwf819Y4j_qigpt9g0uaruq8kev0zoxidlrrqpfuixzhkfesur6bh93qbe6t5y4qall3kg.jpg)
त्यसैगरी सुर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित एक स्थानीय व्यक्तिको घर नजिकै पहिरो गई जोखिममा रहेको भन्ने जानकारी प्राप्त भएपछि सो गणबाट खटिएको सुरक्षा फौज पहिरो पन्छाउने कार्यमा जुटेको थियो ।
_b1UMenirZD_5msudnegw1oxwto6nslbmjnp8lqhq1gm7bpcsjdcgs2hnrgwd3rndue3e8yc.jpg)
