टाटा मोटर्सका डिलरहरुलाई पन्च इभिको टेस्ट ड्राइभ

टाटा मोटर्सका डिलरहरुलाई पन्च इभिको टेस्ट ड्राइभ

नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले चितवनको सौराहामा आफ्नो नेपालभरी रहेका डिलरहरुलाई पन्च इभिको टेस्ट ड्राइभ गरिइरहेको  छ ।  टेस्ट ड्राइभ कार्यक्रममा डिलरसँगै सिप्रदीको प्यासेन्जर भेहिकलको व्यवस्थापन टिम, टाटा मोटर्स भारतको प्रतिनिधिहरू र सर्भिस टिमको सहभागिता रहेको छ । नाडा अटो–शोमा लन्च गर्न लागिएको पन्च इभी नेपालको बहुप्रतीक्षित गाडी हो । सबै सहभागीहरुबाट पन्च इभिलाई देखेर उत्शाहित प्रतिक्रिया आएको कम्पनीले जनाएको छ ।     


 

पन्च इभी भारतमा अत्याधिक रुचाइएको गाडी हो । भारतमा टाटा पन्च मासिक रुपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ ।पन्च इभिमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरु छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा  खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४  लिटरको थप स्पेस छ ।  

साथै माईक्रो एसयूभी पन्च ईभीले क्र्यास टेष्टमा ५ स्टार रेटिङ हात पारेको छ । भारत एनक्यापले सम्पन्न गरेको उक्त टेष्टमा पन्च ईभीले एडल्डट र चाइल्ड दुबै अकुपेन्ट प्रोटेक्सनमा ५ स्टार रेटिङ पाएको छ ।