सिटिजन्स बैंकद्धारा भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान
काठमाडौं, भदौ २,
सिटिजन्स बैंकले भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको छ । बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन गत जेष्ठ र आषाढ महिनामा पार्टनर फर प्रोग्रेस हजुरको प्रगतिको सहयात्री नामक फेसवुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो ।
व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको थियो ।
प्रतियोगिताको समाप्ती संगै छानिएका उत्कृष्ट तीन बिजेतालाई बंैकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेल ज्यूले बैंकमा आईबार आयोजित एक समारोहका बीच सम्मान स्वरुप चेक हस्तान्तरण गर्नुभएको छ । उत्कृष्ट हुनु भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश नगद पुरस्कार ५० हजार, ३० हजार र २० हजार रुपैंयाँ प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।
जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हाँसिल गर्न आफ्नो परिवारका सदस्यहरु जस्तै श्रीमतिको लागी श्रीमान र बच्चाहरु, बहिनीको लागी दाजु र छोराको लागी बुवाको भूमिका निकैनै महत्वपूर्ण हुने कुरा उहाँहरुले आआप्mनो भिडियो मार्फत दर्शाएका छन् ।
बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।