११ अंकले बढ्यो नेप्से, आठ वटा समुहले कमाउँदा पाँच वटा समुहले गुमाए

११ अंकले बढ्यो नेप्से, आठ वटा समुहले कमाउँदा पाँच वटा समुहले गुमाए

काठमाडौं, असोज ६

साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से बढेको छ । नेप्से आज ११ दशमलव ५८ अंकले बढेर २५ सय ८८ दशमलव ३५ अङ्कमा चढेकोमा सेन्सिटिभ इन्डेक्स तीन दशमलव ५० अंकले बढेर चार सय ६३ दशमलव ४३ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय २५ वटा कम्पनीहरुको ७२ हजार नौं सय ५७ पटकको कारोबारमा एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब नौं करोड २९ लाख ४८ हजार छ सय ९० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार हुँदा पाँच वटा समुहको सूचक घटेपनि आठ वटा समुहको सूचक भने उच्च अंकले बढेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सूचक १४ दशमलव ९१ अंकले बढेर १४ सय ७७ दशमलव ३३ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सूचक पनि ३० दशमलव ७४ अंकले बढेर १२ हजार पाँच सय ५४ दशमलव ९२ अंकमा पुगेको छ । निर्जीवन बीमा, विकास बैंक, जलविद्युत, लगानी, अन्य र व्यापार समुहको सूचक पनि बढेका छन् । यि बाहेक फाइनान्स, लघुवित्त, होटल तथा पर्यटन, उत्पादनमूलक र सामूहिक लगानी कोष समुहको सूचक भने घटेका छन् । 

नेप्सेमा आज इस्टर्न हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने रावा इर्नर्जी डेभलपमेन्ट लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।