शेयर बजार घटेर राताम्मै

शेयर बजार घटेर राताम्मै

काठमाडौं, असोज ७ 

नेप्से उच्च अंकले घटेको छ । नेप्से आज सोमबार ५९ दशमलव शुन्य दुई अंकले घटेर २५ सय २९ दशमलव ३३ अंकमा झरेकोमा सेन्सिटिभ पनि नौं दशमलव शुन्य एक अंकले घटेर चार सय ५४ दशमलव ४१ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २९ वटा कम्पनीहरुको ७७ हजार एक सय ५३ पटकको कारोबारमा एक करोड ३५ लाख ३५ हजार नौं सय तीन कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार छ सय ८३ रुपैंयाँ पुुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घट्दा नेप्से पुरै रातो देखिएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सूचक १८ दशमलव ७८ अंकले घटेर १४ सय ५८ दशमलव ५४ अंकमा झरेकोमा जीवन बीमा समुहको सूचक पनि दुई सय ९६ दशमलव २५ अंकले घटेर १२ हजार दुई सय ५८ दशमलव ६६ अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि तीन सय ५१ दशमलव शुन्य एक अंकले घटेर १२ हजार छ सय ६१ दशमलव ६८ अंकमा झरेकोमा बिकास बैंक, फाइनान्स, जलविद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहहरुको सुचक पनि घटेर राताम्मै भएका छन् । 

आज हिमालयन हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा गुडविल फाइनान्सले सबैभन्दा बढी गुमाएको छ । सबैभन्दा बढी रकम कारोबार गर्नै कम्पनीको सूचिमा भने आज नेपाल फाइनान्स परेको छ ।