नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भिसा इन्टरनेसनलद्धारा सम्मानित

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भिसा इन्टरनेसनलद्धारा सम्मानित

काठमाडौं, असोज ८

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) भिसा इन्टरनेसनलद्धारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा एक्सीलेन्स इन न्यु पेमेन्ट प्लोज इसुअरबाट सम्मानित भएको छ । 

काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआईएमबी सम्मानित भएको हो । विगत ४ दशक देखि ग्राहकवर्गहरुलाई गुणस्तर सेवा दिदैं आएको एनआईएमबीले आगामी दिनहरुमा पनि ग्राहकवर्गहरुलाई आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ । 

हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ ।