नेप्सेमा ५८ अंकको उच्च गिरावट

नेप्सेमा ५८ अंकको उच्च गिरावट

काठमाडौं, असोज ८

नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार पनि ५८ दशमलव ९३ अंकले घटेर २४ सय ७० दशमलव ३९ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ५२ अंकले घटेर चार सय ४४ दशमलव ८८ अंकमा सिमित भएको छ ।  

नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको ७७ हजार दुई सय ६४ पटकको कारोबारमा एक करोड ५५ लाख चार हजार नौं सय २९ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ रुपैयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैक समुहको सूचक २९ दशमलव २३ अंकले घटेर १४ सय २९ दशमलव ३० अंकमा झर्दा जीवन बीमा समुहको सूचक पनि एक सय ५० दशमलव १४ अंकले घटेर १२ हजार एक सय आठ दशमलव ३८ अंकमा झरेको छ । यसैगरी विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहहरूको सूचक घटेर राताम्मै देखिएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज अपर स्याङगे हाइड्रोपावर लिमिटेड, एनआईबिएल ग्रोथ फण्ड आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन हाइड्रोपावर लिमिटेड, नेपाल फाइनान्स आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनएलजी इन्स्योरेन्स कम्पनी, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।