बुधबार २४ मंसिर, २०८२

भारतको मध्य प्रदेशकामा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु, तीन घाइते

भारतको मध्य प्रदेशकामा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा सात जनाको मृत्यु, तीन घाइते

 

भारत, असोज ९

भारतको मध्य प्रदेशको दमोह जिल्लामा मङ्गलबार साँझ ट्रकले अटोरिक्शालाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको ‘देहट’ (ग्रामीण) प्रहरी चौकीको क्षेत्राधिकारमा पर्ने सामन्ना गाउँ नजिकै दुर्घटना भएको हो । घाइतेहरुलाई थप उपचारका लागि जबलपुर लगिएको एक प्रहरी अधिकारीले भन्नुभयो । 

“दमोह जिल्लाको सामन्नामा १० जना बोकेको अटोरिक्सालाई ट्रकले ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्राथमिक उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि जबलपुर मेडिकल कलेज लगिएको छ”, दमोहका प्रहरी उपरीक्षक (एसपी) श्रुतकीर्ति सोमवंशीले बताउनुभयो ।

 “अहिलेसम्म हामी घटनास्थलमा ट्रक र अटोको ठक्करको निशान जाँच गरिरहेका छौँ । होसमा आएपछि घाइतेको बयान लिइने छ । त्यसपछि दुर्घटनाको कारण पत्ता लगाउन सक्नेछौँ । ट्रकको चालक हाम्रो हिरासतमा छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो । 

यसैबीच, कलेक्टर सुधीर कुमार कोचरले भन्नुभयो, “एक लापरवाह ट्रकले अटोरिक्सालाई  ठक्कर दियो । दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने  तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल ल्याइएको थियो र प्राथमिक उपचार पछि उनीहरूलाई  थप उपचारका लागि जबलपुर लगिएको छ ।”

मुख्यमन्त्री मोहन यादवले पीडितलाई आवश्यक आर्थिक सहयोगको घोषणा गर्नुभएको छ ।

मुख्यमन्त्री यादवले सामाजिक सञ्जाल एक्समा लेख्नुभयो,“दमोह जिल्लाको दमोह–कटनी राज्य राजमार्गमा ट्रक र अटो ठोक्किँदा धेरैको ज्यान गएको खबर सुन्दा दुःख लागेको छ । यसमा लापरवाही गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिइएको छ । यो भयानक सडक दुर्घटना हो ।”