४९ अंकले उक्लियो शेयर बजार

४९ अंकले उक्लियो शेयर बजार

काठमाडौं, असोज ९

शेयर बजार परिसूचक नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार ४९ दशमलव  १८ अंकले बढेर २५ सय १९ दशमलव ५७ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ९१ अंकले बढेर चार सय ५२ दशमलव ८० अंकमा चढेको छ । 

नेप्सेमा आाज तीन सय २७ वटा कम्पनीहरुको ६९ हजार चार सय १८ पटकको कारोबारमा एक करोड २४ लाख ९८ हजार नौं सय ८९ कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम चार अर्ब ८१ करोड ३२ लाख २३ हजार चार रुपैंयाँ पुगेको छ ।    

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक घटेपनि बाँकी १२ वटा समुहहरुको सूचक उच्च अंकले बढेको छ । सो मध्ये वाणिज्य बैंक समुहको सूचक २५ दशमलव ८३ अंकले बढ्दा जलविद्युत समुहको सूचक ७८ दशमलव ८४ अंकले बढेको छ । यसैगरी जीवन, निर्जीवन बीमा, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, बढेका छन ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज वीन लघुवित्त वित्तीय संस्था, कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन हाईड्रोपावर लिमिटेड, हिमालयन हाईड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने आज ङादी ग्रुप पावर लिमिटेड, अरुण भ्याली हाईड्रोपावर लिमिटेड आदि परेका छन् ।