मेटलाइफ र नेपाल क्रिकेट संघबीच सम्झौता

मेटलाइफ र नेपाल क्रिकेट संघबीच सम्झौता


काठमाडौं, असोज ९
 

मेटलाइफ नेपालले पुरुष र महिला राष्ट्रिय क्रिकेट खेलाडीलाई बिमा सुविधा उपलब्ध गराउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र मेटलाइफ नेपालबीच सम्झौंता भएपछि खेलाडीहरुले यस्तो सुविधा पाउने भएका हुन ।
 

सम्झौंता अनुसार दुवै टोलीका सदस्य र क्यानका पदाधिकारीको जीवन बिमा र स्वास्थ्य बिमा कम्पनीबाट उपलब्ध हुनेछ । यसले खेलाडीको मनोशान्तिका साथै खेलकुदमै केन्द्रित हुन मद्दत पुग्ने कम्पनीको विश्वास छ ।मेटलाइफ नेपालको पुलचोकस्थित मुख्य कार्यालयमा भएको सम्झौंता अनुसार कम्पनीले बिमा नीतिका विविध पक्षलाई समेट्नेछ । यसअन्तर्गत १० लाखसम्मको दुर्घटना बिमा, २ लाखसम्मको दुर्घटना उपचारको खर्च व्यहोर्ने र एक लाखसम्मको हस्पिटल भर्नाबापतको खर्च कम्पनीले व्यहोर्ने छ ।