सामाजिक अभियान्ता पौडेल र घिमिरेलाई सम्मान
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा कृष्णहरि पुस्कर यही असोज ३ मा आयोजित ‘नेशनल डे कन्सर्ट’मा योगदान पुर्याएको भन्दै सामाजिक अभियान्ता भिक्टर पौडेल र केदार घिमिरेलाई सम्मान गर्नुहुँदै । कार्यालयले बिहीबार धरहरा परिसरमा एक समारोहका बीच संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आयोजित कन्सर्ट सफल बनाउन सहयोग गर्ने कलाकार, समाजसेवी, खेलाडी, साहित्यकारलागायतलाई सम्मान गरेको थियो । तस्बिरः नवीन पौडेल/रासस