नेप्सेमा २२ अंकले गिरावट, उत्पादनमुलक बाहेक सबै सुचक रातै

नेप्सेमा २२ अंकले गिरावट, उत्पादनमुलक बाहेक सबै सुचक रातै


काठमाडौं, असोज १३

नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से २२ दशमलव ३६ अंकले २४ सय ६४ दशमलव ४० अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ दुई दशमलव ५६ अंकले घटेर चार सय ४४ दशमलव ८९ अंकमा सिमित भएको छ । 

नेप्सेमा आज तीन सय २७ वटा कम्पनीहरुको ५८ हजार चार सय एक पटकको कारोबारमा एक करोड तीन लाख ११ हजार आठ सय ८५ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम चार अर्ब पाँच करोड छ लाख ५८ हजार ३६ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा उत्पादनमुलक समुहको सुचक बढेपनि बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये मध्ये बाणिज्य बैंक, जलविद्युत, जीवन, निर्जीवन बीमा, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक पनि घटेका छन् । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज वीन लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी, लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आदिको शेयर मुल्य बढेका छन् भने अपर स्याङगे हाईड्रोपावर लिमिटेड, वीन लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनएलजी इन्स्योरेन्स कम्पनी, सिईडबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड आदि परेका छन् ।