एकै दिन ४४ अंकले बढ्यो नेप्से, कारोबार रकम तीन अर्ब ७१ करोडमा सिमित

एकै दिन ४४ अंकले बढ्यो नेप्से, कारोबार रकम तीन अर्ब ७१ करोडमा सिमित

काठमाडौं, असोज १४

साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज ४४ दशमलव  ४५ अंकले बढेर २५ सय आठ दशमलव ८६ अंकमा चडेको छ । यसैगरी सेन्सिटिभ पनि छ दशमलव ४५ अंकले बढेर चार सय ५१ दशमलव ३४ अंकमा चढेको छ । 

नेप्सेमा आज तीन सय १९ वटा कम्पनीहरुको ५० हजार छ सय ८० पटकको कारोबारमा ९७ लाख १७ हजार नौं सय ५९ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ७१ करोड ५३ लाख ५५९ हजार नौं सय ३५ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये सामुहिक लगानी कोष समुहको सूचक घटेपनि वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, बिकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सिईडबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदिको शेयर मूल्य बढेको छ भने प्रभु सेलेक्ट फण्ड वीन लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा भने सर्वोत्तम सिमेन्ट, सिईडबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड आदि परेका छन् ।