नेप्से आज एक सय १४ अंकले बढ्यो

नेप्से आज एक सय १४ अंकले बढ्यो

   काठमाडौं, असोज १५

अघिल्लो दिन बढेको नेप्से आज मंगलबार पनि उच्च अंकले बढेको छ । आज नेप्से एक सय १४ दशमलव ७० अंकले बढेर २६ सय २३ दशमलव ५६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ४६ अंकले बढेर चार सय ७० दशमलव ८१ अंकमा चढेको छ । 

नेप्सेमा आज तीन सय सात वटा कम्पनीहरुको ९६ हजार नौं सय छ पटकको कारोबारमा एक करोड ७५ लाख सात हजार पाँच सय ५५ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम सात अर्ब ६१ करोड ६५ लाख २२ हजार दुई सय ५८ रुपैंयाँ पुग्न सफल भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएका छन् । ति मध्ये वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक पनि बढेर हरियो भएको छ ।   

कारोबार भएका कुल कम्पनीहरु मध्ये बुटवल पावर कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी, समृद्धि फाइनान्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने एनएमबी ५०, कुमारी सवल योजना, वीन लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिईडबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, हिमालयन रि इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।