शेयर बजारमा हरियाली

शेयर बजारमा हरियाली

काठमाडौं, असोज २०  

शेयर बजारमा हरियाली देखिएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से ५६ दशमलव शून्य नौ अंकले बढेर २६ सय ५३ दशमलव ५८ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ७५ अंकले बढेर चार सय ७६ दशमलव ४६ अंकमा पुग्न सफल भएको छ ।     

नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ६९ हजार आठ सय ६० पटकको कारोबारमा एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता शेयर कारोबार भएको छ । जसबाट आज कुल कारोबार रकम छ अर्ब १३ करोड ८२ लाख छ हजार सात सय पाँच रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सूचक बढेका छन् । जस मध्ये वाणिज्य बैंक समुहको सूचक ३२ दशमलव ८३ अंकले बढ्दा जलविद्युत समुहको सूचक पनि ८५ दशमलव ३६ अंकले बढेको छ । जीवन बीमा समुहको सूचक पनि एक सय ७२ दशमलव ७५ अंकले बढ्दा निर्जीवन बीमा समुहको सूचक पनि एक सय ९१ दशमलव ७६ अंकले बढेर बढेको छ । यि बाहेक विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक उच्च अंकले बढेर हरियो भएको छ ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज ङादी ग्रुप पावर लिमिटेड, गुडविल फाइनान्स, समृद्धि फाइनान्स आदिको शेयर मुल्य बढेका छन् भने वीन लघुवित्त वित्तीय संस्था, कुमारी सबल योजना आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सहास ऊर्जा लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड आदि परेका छन् ।