नेप्सेमा ३७ अंकले वृृद्धि

नेप्सेमा ३७ अंकले वृृद्धि

    काठमाडौं, असोज २१

नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन ५६ अंकले बढेको नेप्से आज सोमबार पुन ३७ दशमलव  १३ अंकले बढेर २६ सय ९० दशमलव  ७२ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३२ अंकले बढेर चार सय ८३ दशमलव ७८ अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय पाँच वटा कम्पनीहरुको ७३ हजार एक सय १९ पटकको कारोबारमा एक करोड ५८ लाख ४५ हजार चार सय ४९ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम सात अर्ब नौं करोड ५९ लाख ५३ हजार २७ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर हुँदा फाइनान्स र उत्पादनमूलक समुहको सूचक घटेपनि बाँकी समुहहरूको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैक समुहको सूचक २९ दशमलव शून्य चार अंकले बढेर १५ सय ५० दशमलव ९९ अंकमा चढेकोमा जलविद्युत समुहको सूचक पनि ३३ दशमलव ६३ अंकले बढेर ३२ सय ३६ दशमलव ४३ अंकमा चढेको छ । जीवन बीमा समुहको सूचक पनि एक सय ४४ दशमलव ८६ अंकले बढेर १३ हजार एक सय ७९ दशमलव ५४ अंकमा पुगेकोमा निर्जीवन बीमा, विकास बैंक,  होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक पनि बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज थ्रि स्टार हाइड्रो पावर लिमिटेड, पिपुल्स पावर लिमिटेड, दोल्ती पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने इष्टर्न हाईड्रोपावर लिमिटेड, कुमारी सबल योजना आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर लिमिटेड आदि परेका छन् ।