नेप्से राताम्मै

नेप्से राताम्मै

काठमाडौं, असोज २२

नेप्से घटेर राताम्मै देखिएको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार २७ दशमलव ३९ अंकले घटेर २६ सय ६३ दशमलव ३२ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि आज तीन दशमलव ५५ अंकले घटेर चार सय ८० दशमलव २३ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय वटा कम्पनीहरुको ४५ हजार आठ सय ७० पटकको कारोबारमा एक करोड तीन लाख ३० हजार पाँच सय दुई कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम रकम चार अर्ब ५९ करोड ३७ लाख २७ हजार दुई सय ४४ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सूचक स्थिर रहेको छ भने बाँकी समुहहरुको सूचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव ७१ अंकले घट्दा जलबिद्युत समुहको सुचक पनि ३२ दशमलव ४० अंकले घटेको छ । जीवन बीमा समुहको सूचक पनि एक सय ४१ दशमलव ७९ अंकले घट्दा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ९० दशमलव ६६ अंकले घटेको छ । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज मिड सोलु हाईड्रोपावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक आदिको शेयर मुल्य बढेका छन् भने इष्र्टन हाईड्रोपावर लिमिटेड, थ्रि स्टार हाईड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने एनएलजी इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, चिलिमे हाईड्रोपावर कम्पनी लिमिटेड आदि परेका छन् ।