प्रचण्डको आरोप– सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजी-खोजी हान्ने खेलमा लागेको छ

प्रचण्डको आरोप– सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजी-खोजी हान्ने खेलमा लागेको छ

काठमाडौँ, ६ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजी–खोजी हान्ने खेलमा लागेको आरोप लगाएका छन् । 

पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई पार्टी कार्यालय पेरिसडाँडामा आज  सम्बोधन गर्नेक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अगाडी बढिरहेको आरोप लगाए । 

एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्ने, बाढीपहिरोपछि उद्धार, राहत र पुनर्स्थापनामा ध्यान नदिनेदेखि जग्गा दान प्रकरणसम्म आउँदा सरकार आफैंले भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत हुँदै आएको टिप्पणी गरे ।