साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं, ८ कात्तिक । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणका अन्तिम दुई खेल आज (बिहीवार) हुँदैछ ।
आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने भुटान र माल्दिभ्सबीच खेल हुनेछ । यी दुई खेलपछि सेमिफाइनलमा पुग्ने टोलीको निर्णय पनि हुनेछ ।
आयोजक नेपालसहित 'समूह बी' बाट भुटान र श्रीलंका सेमिफाइनल पुग्ने होडबाजीमा छन् भने निरन्तर दुई खेलाम पराजित भइसकेको माल्दिभ्स समूह चरणबाटै बाहिरिसकेको छ ।
नेपाल र भुटान यस समूहमा अपराजित छन् र दुवैको समान ४ अंक रहेको छ ।
पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी चित्त बुझाएका थिए । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११–० ले पराजित गर्यो भने भुटानले श्रीलंकालाई ४–१ ले हरायो ।
नेपाल र श्रीलंका तथा भुटान र माल्दिभ्सबीचको खेलको नतिजापछि समूह बी बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।
नेपाल र श्रीलंकाबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । यस्तै, भुटान र माल्दिभ्सबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।