सूर्यदर्शन सहकारी ठगी प्रकरण: नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक खनाल पक्राउ

सूर्यदर्शन सहकारी ठगी प्रकरण: नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक खनाल पक्राउ

काठमाडौं, ९ कात्तिक । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अनियमितता प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई गिरफ्तार गरेको छ ।।

तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गिरफ्तार गरेको हो । उनी गोरखा ग्रुप अफ कम्पनी लिमिटेडमा पनि शेयरधनी छन् ।

उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्याल्य, कास्कीमा पठाइएको बोगटीले जानकारी दिए ।

सहकारीको रकम नेचर हर्ब्समा  समेत ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सोही ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने अहिले प्रहरी हिरासतमा छन् ।