काठमाडौँ र ललितपुरबाट १२ जुवाडे पक्राउ
काठमाडौं, १२ कात्तिक । काठमाडौं र ललितपुरबाट प्रहरीले जुवातास खेलेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।
कीर्तिपुर नगरपालिका–८ पांगा शालिक बस्ने रामकृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै, ललितपुर महानगरपालिका–२६ सुनाकोठी मलिफाँट बस्ने ५० वर्षीया अमृता राईको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृतासहित ७ जनालाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई नगद एक लाख ३० हजार ९ सय २० रूपैयाँ र ९ बुक तास सहित प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।