बुधबार २४ मंसिर, २०८२

मानव बेचबिखन कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

मानव बेचबिखन कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं, २० कात्तिक । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका दिलीप राउत रहेका छन् ।

नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरिएका उनलाई सम्बन्धित मुद्दामा कानूनी कारबाही गर्न आज (मंगलबार) नेपाल फिर्ता ल्याइएको छ ।

उनीविरुद्ध गत १८ असोजमा रेड नोटिस जारी गरिएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले उनलाई सम्बन्धित कसुर बमोजिम कारबाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरीलाई बुझाइएको जनाएको छ ।