कांग्रेसले सरदारलाई बनायो ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवार

कांग्रेसले सरदारलाई बनायो ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवार

विराटनगर, २२ कात्तिक । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ ।

कांग्रेस मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आज (बिहीबार) बसेको समितिको बैठकले पालिकाको अध्यक्षमा सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका जिल्ला उपसभापति भक्तिनाथ माझीले जानकारी दिए ।

टिकटको टुंगो लगाउन कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा १३ सदस्यीय संसदीय समिति गठन भएको थियो। अध्यक्षका लागि १३ जना आकांक्षी थिए ।

नेकपा माओवादी केन्द्रले भने यसअघि नै पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय लिइसकेको छ । माझी कांग्रेस छाडेर माओवादी प्रवेश गरेका हुन् । नेकपा एमालेबाट भने उम्मेदवार को टुङ्गो अझैँ लगाएको छैन ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथानको अध्यक्ष चुनिएका थिए । गत असार ३ गते उनको निधन भएको थियो ।