सेयर बजारमा झिनो गिरावट, हाइड्रोपावरमा उच्च वृद्धि
काठमाडौं, २३ कात्तिक । यस साता सेयर बजार जम्मा २ अंक गिरावट आएको छ ।
गत साता २६७७ अंकमा रहेको बजार यो साता २६७५ अंकमा झर्यो । तिहारपछि खुलेको बजारमा यो साता दुई दिन मात्रै कारोबार भयो ।
दुई दिन नै बजार झिनो अंकमा घट्यो । मंगलबार ०.२१ र बुधबार १.८८ अंक घटेको हो । बिहीबार छठ पर्वका कारण बजार बन्द रह्यो । बजार घट्दा कारोबार रकममा पनि कमी आएको छ ।
गत साताको अन्तिम दिन ५ अर्ब ९५ करोडको कारोबार भएकोमा यो साताको अन्तिम दिन ५ अर्ब २२ करोडको भयो ।
मुख्य चाडपर्वहरु सकिएसँगै आइतबारदेखि बजार खुल्ने छ । अगामी आइतबारदेखि भने बजार चलायमान हुने अपेक्षा गरिएको छ ।