उपनिर्वाचन : गुल्मीमा कांग्रेस र एमालेले टुंग्याए वडाध्यक्ष उम्मेदवार
गुल्मी, २३ कात्तिक । गुल्मीको मुसिकोट नगरपालिका–१, को वडाध्यक्षमा आगामी १६ मंसिरमा हुने उपचुनावका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार छनोट गरेका छन् ।
कांग्रेसले ३५ वर्षीय आनन्द श्रेष्ठलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ भने एमालेले दलबहादुर थापालाई वडाअध्यक्षको उम्मेदबार बनाउने भएको छ । उनले २०७४ को निर्वाचनमा वडा सदस्य जितेका थिए । अन्य दलले भने उम्मेदवार टुंग्याउन अझैं बाँकी छ ।
२०७९ को चुनावमा यो वडाको अध्यक्षमा कांग्रेसबाट मोहन घिमिरे चुनाव जितेका थिए । घिमिरेको २ भदौ २०८० मा निधन भएपछि उपचुनाव हुन लागेको हो । उपनिर्वाचन हुने वडामा ३ हजार ८०८ मतदाता रहेका छन् ।