संवैधानिक परिषद्लाई ‘भागबन्डा परिषद्’ नबनाऔँ : कांग्रेस सांसद केसी

संवैधानिक परिषद्लाई ‘भागबन्डा परिषद्’ नबनाऔँ : कांग्रेस  सांसद केसी

काठमाडौं, २६ कात्तिक । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सांसद आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने बताएका छन् । 

आज (सोमबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग एन संसोधन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन् । 

‘सत्ता, शक्ति र भ्रष्टाचार प्रयायवाची भएको भास्य आम रुपमा छ। यो भास्य चिर्न अख्तियारले निश्पक्ष्यता पुर्वक काम गर्न र सक्रिय हुने वातावरण आवश्यक छ’ सांसद केसीले भने ।

आयोगमा पदाधिकारी नियुक्त गर्दा नै ख्याल गर्नुपर्ने उनले सुझाव दिए । 

‘शक्तिको दुरुपयोग नहोस् भनेर अख्तियार स्थापना भएको हो, तर, सांसद परिषद भागवण्डा परिषद भएको छ । सांसद परिषद भागवण्डा परिषद नबनाऔं तब मात्रै निश्पक्ष्य काम हुन्छ ।’ उनले भने । 

अख्तियारलगायतका संवैधानिक निकायका प्रमुख, पदाधिकारीहरू र प्रधान न्यायाधीशको नियुक्तिको सिफारिस गर्ने जिम्मेवारी सांसद परिषदलाई छ ।

संविधानको धारा २८४ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषदमा प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता, प्रतिनिधि सभाको उपसभामुख, प्रधानन्यायाधीश सदस्य रहन्छन् । 

उक्त परिषदले गर्ने सिफारिसमाथि कांग्रेस सांसद केसीले प्रश्न उठाएका हुन्।  नीतिगत भ्रस्टाचार नियन्त्रणको उपाय खोजिनुपर्ने उनले बताए । 

‘नीतिगत निर्णयका नाममा व्यापक भ्रष्टाचार छ । प्लेन खरिद, ललिता निवासको विषय यसको उदाहरण हो, नीतिगत निर्णय नियन्त्रण भएन भने भ्रष्टाचार नियन्त्रण हुँदैन।’ केसीले भने ।

नीतिगत निर्णयको स्पष्टता आवश्यक रहेको बताउँदै उनले सोही अनुसार ऐन बन्नुपर्ने तर्क राखे ।